राजावादीको प्रदर्शनबारे देउवाले भने : कुनै अद्भुत प्रदर्शन भएको छैन

by admin@thenationalstories.com
Share News

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनलाई केही नभएको भन्दै त्यसैका कारण आत्तिनुपर्ने अवस्था नआएको प्रतिक्रिया दिएका छन् । सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतले उचालेको हो भन्ने प्रश्नमा उनले कसैले उचाल्ने कुरा नभएको र उचालेको थाहा नभएको बताए । उनले भने, ‘कहाँ अद्भुत भएको छ ? केही भएकै छैन । कसैले उचाल्ने कुरा पनि छैन, उचालेको थाहा पनि छैन ।’

सभापति देउवाले दुई वटा ठूला पार्टी सरकारमा रहेको र अवस्था ठिक रहेको बताउँदै सबै कुरा राम्रोसँग चलेको दाबी गरे । उनले भने, ‘सरकारमा कुनै समस्या छैन, ०८४ सम्मै जान्छ ।’

कांग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलन उद्घाटनका लागि देउवा धनगढी पुगेका हुन् ।

Source – Kantipur

Related Articles

Leave a Comment

The National Stories is your go-to channel for the latest news and updates, delivering timely and reliable information on the stories that matter most.

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.