काठमाडौं । गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको मुद्दामा आज पेसी तोकिएको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।
ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याउँदै सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । उनले प्रधानमन्त्रीलाई पदमुक्त गर्न रिट निवेदनमा माग गरेका छन् ।
अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारी लगायतलाई विपक्षी बनाएका छन् ।
The National Stories is your go-to channel for the latest news and updates, delivering timely and reliable information on the stories that matter most.