कांग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भको अवसर पारेर उनी भारत भ्रमणमा जान लागेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले भारत भ्रमण हुन लागेको जानकारी दिए ।
इन्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबेलिटी’ कार्यक्रमको वक्ताको रूपमा देउवा भारत जान लागेका हुन् । शुक्रबार र शनिबार हुने कार्यक्रममा देउवाले समिटलाई सम्बोधन गर्नेछन् ।
सो कार्यक्रममा भुटानका विदेशमन्त्री, गुयानकी फस्ट लेडी, मलेसियाका मन्त्री, मौरिसका मन्त्रीलगायतका विदेशी पाहुना पनि सहभागी हुनेछन् । देउवाले भारतमा रहँदा राजनीतिक भेटघाट गर्ने वा नगर्ने विषयमा केही खुलाइएको छैन ।
The National Stories is your go-to channel for the latest news and updates, delivering timely and reliable information on the stories that matter most.