‘शाओमी १४ टी’ नेपाली बजारमा, कति पर्छ मूल्य?

by admin@thenationalstories.com
Share News

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी १४ टी नेपालमा सार्वजनिक गरेको छ।

लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुनिक मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्ने बताइएको छ। 

मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले र एड्भान्सड एआई फिचरहरू सहित उत्कृष्ट प्रदर्शनको सुनिश्चितता दिने कम्पनीको भनाइ छ।

शाओमीले आफ्नो लाइकासँगको सहकार्यलाई निरन्तरता दिँदै शाओमी १४ टिमा ट्रिपल क्यामरा प्रणाली समावेश गरेको छ। यसमा लाइका सुम्मिलक्स सहितको ५० मेगापिक्सलको मुख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र ५० मेगापिक्सलको टेलिफोटो लेन्स समावेश रहेको छ जसले प्रत्येक फोटोमा अतुलनीय डिटेल्स र स्पष्टता प्रदान गर्छ । 

कम्पनीका अनुसार शाओमी प्रोफोकस र ६० एफपिएस सहितको फोके भिडिओ रेकर्डिङले यसलाई प्रोफेसनल–ग्रेड भिडिओग्राफीको अनुभव दिलाउने छ।

मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित शाओमी १४ टि ले मल्टीटास्किङ, गेमिङ र दैनिक कार्यहरूमा उच्च प्रदर्शन सुनिश्चित गर्दछ।

यसमा रहेको ४ एनएम चिपसेटले ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दै सहज र ल्याग–फ्रि प्रदर्शन सुनिश्चित गर्नेछ।

यो स्मार्ट फोनमा ६.६७ इन्चको एमोलेड डिस्प्ले रहेको छ। यसले १४४ हर्जको रिफ्रेस रेट सहित स्मुथ र इमर्सिभ भिजुअल दिन्छ। यो स्मार्टफोनमा ४,००० निट्सको पिक ब्राइटनेस, एचडिआर १०+ सपोर्ट र १.५ के रिजोलुसन रहेको छ।

साथै, एआई–पावर्ड फोटोग्राफी मोडहरू, स्मार्ट सिन रेकग्निसन र ब्याट्री अप्टिमाइजेसन जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध रहेका छन्।

५००० एमएच ब्याट्री सहित शाओमी १४ टि ले दिनभर चल्ने सक्ने ब्याट्री लाइफ प्रदान गर्दछ भने ६७ वाटको हाइपर चाजिङ टेक्नोलोजीले ४५ मिनेटमै ब्याट्री फुल चार्ज हुने सुविधा प्रदान गर्छ।

आइपी ६८–रेटिङ भएको यो डिभाइस पानी र धुलोबाट सुरक्षित रहेको कम्पनीले जनाएको छ। यो स्मार्टफोन २ मिटर गहिराइमा ३० मिनेटसम्म सुरक्षित रहन सक्छ।

शाओमी १४ टि टाइटन ब्ल्याक, टाइटन ग्रे र टाइटन ब्लू कलर भेरियन्टमा १२ जिबी + ५१२ जिबी अप्सनमा उपलब्ध हुनेछ।

यसको मूल्य ६४ हजार ९९९ रूपैयाँ तोकिएको छ। नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोरहरूमा उपलब्ध छ।

Source – Setopati

Related Articles

Leave a Comment

The National Stories is your go-to channel for the latest news and updates, delivering timely and reliable information on the stories that matter most.

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.